नामिबियालाई जितका लागि नेपालले दियो १६९ रनको लक्ष्य

नामिबियालाई जितका लागि नेपालले दियो १६९ रनको लक्ष्य

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग-२ को तेस्रो खेलमा खेलमा नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ । कीर्तिपूर स्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि आशिफ शेखले ५८ रन बनाए । कुशल मल्ल ३८, भीम शार्की २६, कुशल भुर्तेल १८, र करण केसीले १२ रन बनाए । कप्तान रोहित पौडेल, अनिल साह र देव खनाल शून्य रनमै आउट भए ।

नामिबियाका बर्नार्ड स्कोल्ज र निकोल लोफ्टि(इटनले समान ४-४ तथा ज्याक ब्रेसल र जेराल्ड एरास्मसले एक-एक विकेट लिए ।