बारामा बलेरो गाडी र ट्रक ठोक्किँदा दुईजनाको मृत्यु

बारामा बलेरो गाडी र ट्रक ठोक्किँदा दुईजनाको मृत्यु

बारा - बाराको पथलैयामा आज बलेरो गाडी र ट्रक एकापसमा ठोक्किँदा दुईजनाको घटनास्थलमा मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत जितपुर सिमरा-२१ स्थित अदाभारमा भएको सो दुर्घटनामा  दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । 

प्रहरी निरीक्षक रामकुमार महतोका अनुसार हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको बागमती प्रदेश ०१-०२६ च १३३४ नंको बलेरो तथा विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ३३५२ नं को ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो । 

घाइतेहरूको परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको उनको भनाइ रहेको छ । मृतक तथा घाइतेको पहिचान खुल्न सकको छैन ।