पालिका कप क्रिकेट प्रतियोगिता फागुन २६ मा हुने

पालिका कप क्रिकेट प्रतियोगिता फागुन २६ मा हुने

रौतहट - रौतहटको गौरमा यहि फागुन २६ गते देखि “पालिका कप २०८०” क्रिकेट प्रतियोगिता हुने भएको हो । जिल्ला क्रिकेट सङ्घ समन्वयमा र पालिकाहरूको सहयोगमा पालिका स्तरीय क्रिकेट प्रतियोगिता हुन लागेको हो ।

सो प्रतियोगिता गौर राईस मिलको खेल मैदानमा हुने भएकाले आवश्यक तयारी पनि थालिएको छ । रौतहट क्रिकेट सङ्घका अध्यक्ष पवन साहले सो प्रतियोगिताका लागि खेल मैदानलाई अत्याधुनिक विधिबाट नयाँ पिच गरिने छ । यहाँ १८ वटा पालिका रहेकोमा १७ वटा पालिकाले क्रिकेट प्रतियोगितामा सहभागी हुने उनको भनाई छ ।  पालिका स्तरीय कपको तयारीका लागि पालिका स्तरबाट क्रिकेट खेलाडी चयन भई सकेको उनले जानकारी दिए

। उनका अनुसार पालिका स्तरीय क्रिकेट प्रतियोगिता गौर, चन्द्रपुर, गरुडा, वृन्दावन, गुजरा, माधवनारायण, गढीमाई, कटहरिया, फतुवाविजयपुर , ईशनाथ, वौधीमाइर्, देवाहि गोनाही, परोहा, राजदेवी, राजपुर नगरपालिकाको सहभागिता रहने छ । यमुनामाई र दुर्गाभगवती गाउँपालिकाबाट पनि पालिका स्तरीय क्रिकेट प्रतियोगिता सहभागिता जनाउने उनले उल्लेख गरेका छन् ।

तर मौलापुर नगरपालिकाले भने उक्त प्रतियोगितामा सहभागी नजनाउने उनले स्पष्ट पारे । जिल्ला क्रिकेट सङ्घ रौतहटले यो प्रतियोगिताको फाइनल खेल रात्रिकालीन समयमा हुने जनाएको छ ।

पछिल्लो समय नेपालमा लोकप्रिय बन्दै गएको क्रिकेट खेलमा उत्कृष्ट  प्रदर्शन गर्ने खेलाडीलाई प्रदेश र राष्ट्रिय स्तरमा पुर्‍याउने उद्देश्यले यो खेल प्रतियोगिता हुन लागेको हो । रौतहट क्रिकेट सङ्घका अनुसार प्राय: गौर राईस मिलको मैदानमा क्रिकेट प्रतियोगिता हुने गर्दछ ।