१ सय ८७ जनाविरुद्ध मुद्दा

१ सय ८७ जनाविरुद्ध मुद्दा

काठमाडौँ- दमक, झापामा ३ सय ८४ रोपनी ८ आना सरकारी जग्गा निजी बनाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कर्मचारीसमेत १ सय ८७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नापी कार्यालय झापाका तत्कालीन नापी अधिकृत रामदेव मण्डल धानुक समेत १८७ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरुले स्वबासी प्रक्रियाबाट सरकारी सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरी गैरकानूनी लाभ तथा हानी पुर्‍याइ भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।