भारतका चर्चित गजल गायक पंकज उदासको निधन
काठमाडौं– चर्चित गजल गायक पंकज उदासको निधन भएको छ । पद्मश्री पंकज उदास लामो समयदेखि बिरामी थिए ।
७२ वर्षीय उदासको आज बिहान निधन भएको उनकी छोरी नायब उदासले सामाजिक सञ्जालमार्फत सो जानकारी दिएकी हुन् ।
पंकज उदास लामो समयदेखि बिरामी थिए, उनलाई १० दिनअघि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । पंकज उदासको निधनको खबर आएपछि सबैले उनलाई सम्झेर श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । यो खबरले संगीत जगतमा शोकको माहोल छाएको छ ।
पंकाज उदास ‘चिठी आयी है…’ र ‘जिए तो जिये कैसे…’ जस्ता धेरै प्रसिद्ध गीत र गजलबाट परिचित छन्। उनले नाम, साजन र मोहरा लगायत धेरै हिन्दी फिल्महरूमा पार्श्व गायकको रूपमा पनि आफ्नो छाप छाडेका छन ।
पंकज उदासको मंगलबार अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।
प्रतिक्रिया