अछाममा ३६ महिला र १७ पुरूषले गराए स्थाई बन्ध्याकरण

अछाममा ३६ महिला र १७ पुरूषले गराए स्थाई बन्ध्याकरण

अछाम– अछामका विभिन्न ५ स्थानमा परिवार नियोजन शिविर सम्पन्न भएको छ । 

स्वास्थ्य कार्यालय अछामको आयोजनामा जिल्लाको मंगलसेन, बिनायक, रामारोशन र मेल्लेखमा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर सम्पन्न भएको हो । ४ स्थानमा भएको शिविरमा जना महिलाले मिनिल्याप र जना पुरुषले भ्यासेक्टोमी सेवा लिएका छन् । रामारोशनमा २ दिन र अन्य ठाँउमा १ दिन गरी ५ दिन शिविर सञ्चालन गरिएको थियो । 

पञ्चदेवल बिनायकमा ४ जना महिलाको मिनिल्याप र ३ जना पुरूषको भ्यासेक्टोमी गरिएको छ । मंगलसेनमा ५ महिलाको मिनिल्याप र १ पुरूष भ्यासेक्टोमी गरिएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

यस्तै रामारोशनमा २३ महिलाको मिनिल्याप र १२ जना पुरूषको भ्यासेक्टोमी गरिएको छ भने मेल्लेखमा ४ महिलाको मिनिल्याप र १ जना पुरूषको भ्यासेक्टोमी गरिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले बताए ।

शिबिरबाट ३६ जना महिलाले मिनिल्याप सेवा र १७ पुरूषले भ्यासेक्टोमी सेवा गरि जम्मा ५३ जनाले सेवा लिएका अधिकृत ढुंगानाले बताए ।