चलेन नेपालको शीर्षक्रम, ८ ओभरमा गयो चार विकेट

चलेन नेपालको शीर्षक्रम, ८ ओभरमा गयो चार विकेट

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले चौथो विकेट गुमाएको छ ।

८ ओभरमा नेपालले शीर्ष क्रमका चार ब्याट्सम्यान गुमाएको हो । ओपनर आसिफ शेखलाई १ रनमा गुमाएको नेपालका कप्तान रोहित पौडेल १० रनमा आउट भए ।

तेस्रो विकेटको रुपमा नेपालका अनिल शाह २३ रनमा आउट भए । आक्रामक ब्याटिङ गरेका गुलसन झा १६ बलमा २६ रन बनाएर आउट भए ।