काठमाडौं महानगरविरुद्ध कवाडी व्यवसायीले प्रदर्शन

काठमाडौं महानगरविरुद्ध कवाडी व्यवसायीले प्रदर्शन

काठमाडौं- कवाडी व्यवसाय सञ्चालन गर्न नदिएको भन्दै कवाडी व्यवसायीले काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन गरेका छन् ।

काठमाडौं महानगरपालिकाभित्र दर्ता भएका व्यवसाय हटाउन भन्दै वडा कार्यालयले पठाएको पत्रप्रति विरोध जनाउदै कवाडी व्यवसायीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले अनाधिकृत ढंगले कवाड हटाउने कार्य बन्द गर, अदालतको निर्णयको सम्मान गर, कानुनी शासन लागू गर, हाम्रो व्यवसायमाथिको हस्तक्षेप बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

उनीहरुले आफूहरुमाथि महानगरले ज्यादती गरेको गुनासो गरेका छन् । काठमाडौं महानगरपालिकाको रिङरोड भित्रका कवाडी व्यवसाय हटाउने नीतिका विरुद्ध र महानगरपालिका भित्रका विभिन्न वडा कार्यालयहरुले कवाडी व्यवसायदर्ता नवीकरण नगरेको भन्दै उनीहरुले आपत्ति जनाएका छन् ।

आफूहरुले प्रचलित कानुनबमोजिम दर्ता गरेर सरकारलाई तिर्नुपर्ने करसमेत तिर्दै आएको र कानुनबमोजिम दर्ता गरेर व्यवसाय गर्दै आएका व्यवसायीलाई निर्वाध रुपमा व्यवसाय सञ्चालन गर्न दिनुपर्ने उनीहरुको माग छ ।