स्रोत नखुलेको १४ लाख रुपैयाँसहित सर्लाहीमा एक जना पक्राउ

स्रोत नखुलेको १४ लाख रुपैयाँसहित सर्लाहीमा एक जना पक्राउ

सर्लाही- सर्लाहीमा स्रोत नखुलेको १४ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

जिल्लाको लालबन्दी नगरपालिका-१४ लखन्देही खोलास्थितबाट स्रोत नखुलेको नगद १४ लाख १० हजार रूपैयाँसहित सोही नगरपालिका-१४ बस्ने ४६ वर्षीय धनबहादुर पाख्रिनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले प्र.२-०३-०११ प ८३५७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक पाख्रिनलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।