सबैभन्दा बढी सम्भावना देखेर कर्णाली फर्किएको हु - नेता शाह

सबैभन्दा बढी सम्भावना देखेर कर्णाली फर्किएको हु - नेता शाह

काठमाडौं  - कर्णाली प्रदेशसभा सदस्य राजीव बिक्रम शाहले कर्णाली देशको सबैभन्दा धेरै सम्भावना बोकेको ठाँउ भएका कारण जाजरकोट फर्किएको बताएका छन् ।

विश्वका थुप्रै देश गए , अध्ययन गर्ने अवसर प्राप्त गरे तर आफ्नो इतिहासलाई भुल्न हुदैन भनेर कर्णालीको सेवामा लागिरहेको उनले बताए । जुन ठाँउले आज आफूलाई इज्जत दियो त्यसलाई बिकास गर्नु आफ्नो धर्म रहेको उनले बताएका छन् । 

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको समापन समारोहमा प्रमुख अतिथिको रूपमा शाहले भावुक मन्तव्य दिएका थिए ।उनले कर्णालीलाई माथि उठाउनु सके मात्र देश माथि उठ्ने बताएका थिए ।

राजनीतिमा भन्दा समाजसेवामा आफ्नो जीवन लगाउने सोच बनाएपनी देशको परिस्थितिले राजनीतिमा डोर्‍याएको बताएका थिए । उनले राजनीतिले मात्र देश बिकास हुदैन , सबै तिर राम्रो हुनुपर्ने बताए ।

राजनीतिमा छलफल,सहकार्य र अनुशासन नभएसम्म प्रजातन्त्र बलियो नहुने कुरा दावी गरेका छन् । `हामी प्रजातान्त्रिक अभ्यासमा छौँ तर प्रयाप्त छलफल र सहकार्य नहुदा परिणाम आइरहेको छैन, नेताहरू सबैथोक जानेको गर्नु हुदैन विषय बिज्ञको सल्लाह र सुझाव ग्रहण गर्नुपर्छ अनिमात्र जनतालाई डेलिभरी दिन सकिन्छ ´ उनले बताएका छन् ।

कर्णाली प्रदेशको बृहत हितको लागी सदैव आफू लागिरहेको उनले बताएका थिए, कर्णाली कुमारी प्रदेश हो , यसलाई सबैभन्दा धेरै बिकास र समृद्ध बनाउन सकिने उनको तर्क छ ।

कर्णालीमा चलचित्र र पर्यटनलाई प्राथमिकता दिएर आफ्नो तर्फबाट हुने सबै सहयोग गर्ने शाहले प्रतिबद्धता गरेका छन् ।