बालकोटमा एमालेको आकस्मिक सचिवालय बैठक जारी

बालकोटमा एमालेको आकस्मिक सचिवालय बैठक जारी

काठमाडौं– नेकपा एमालेको आकस्मिक रुपमा सचिवालयको बैठक बसिरहेको छ । 

२५ गते बस्ने तय भएको बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहान ७ बजेदेखि बसिरहेको छ ।

एमालेको सचिवालय बैठक २५ गते बस्ने तय भए पनि  एमालेले आकस्मिक रुपमा सचिवालय बैठक आह्वान गरेको हो ।