रास्वपाको सचिवालय बैठक जारी

रास्वपाको सचिवालय बैठक जारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बसिरहेको छ ।

 पार्टी कार्यालयमा जारी बैठकमा वर्तमान राजनीतिक परिस्थितिका विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रम र सङ्क्रमणकालीन न्यायबारे छलफल गर्न बैठक बोलाइएको हो।

आइतबार बिहानैदेखि पार्टी सचिवालयको बैठक जारी रहेको बताइएको छ ।