रास्वपाको बैठक सकियो, निर्णय गर्ने अधिकार रविलाई

रास्वपाको बैठक सकियो, निर्णय गर्ने अधिकार रविलाई

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक सकिएको छ । 

समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टी सभापति रवि लामिछानेले बैठकलाई जानकारी गराएका थिए । 

यस्तै पार्टीको निर्णय गर्ने अधिकार सभापति रविलाई दिइएको सचिवालयका एक पदाधिकारीले बताए । 

उनले भने, ‘समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टी सभापतिले बैठकलाई जानकारी गराउनु भयो र त्यसका बारेमा छलफल गरियो । बैठकले राजनीतिक परिस्थितिमा आइपर्ने तात्कालिक निर्णय गर्ने अधिकार पार्टी सभापतिलाई दिने निर्णय गर्‍यो ।’