दलहरूबीच सहमति नजुट्दा कानुन समिति बैठक स्थगित

दलहरूबीच  सहमति नजुट्दा कानुन समिति बैठक स्थगित

काठमाडौं– सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) बारे छलफल गर्न सोमबार बिहानै बोलाइएको कानुन समितिको बैठक स्थगित भएको छ । 

प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक सोमबार बिहान ७:४५ बजेका लागि बोलाइए पनि दलहरूबीच सहमति नजुट्दा बैठक बैठक स्थगित भएको हो ।