नयाँ सत्ता गठबन्धन बन्दै, एमाले, माओवादी, रास्वपा र जसपा

नयाँ सत्ता गठबन्धन बन्दै, एमाले, माओवादी, रास्वपा र जसपा

काठमाडौं– चार दलको नयाँ सत्ता गठबन्धन बन्ने भएको छ । 

आज बसेको एमाले सचिवालय बैठकमा नयाँ सरकार बनाउने निर्णय गरिएको बैठकमा उपस्थित शीर्ष नेताले बताए ।  यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, र जसपा पनि नयाँ सरकार बनाउन तयार भएको बताएका छन् । 

एमाले, माओवादी, रास्वपा र जसपा मिलेर आज नै सानो आकारको चार दलको मन्त्रपरिषद् बनाइने भएको छ । 

राजनीतिक मुद्रा टुङ्गिने भए वर्तमान गठबन्धन तोड्दा उपयुक्त हुने भएकाले नयाँ गठबन्धन बन्न लागेको  माओवादी पदाधिकारीले बताए ।

 यस्तै जसपा र रास्वपावाले पनि नयाँ सरकार बन्न लागेको पुष्टि गरे ।

एमाले सचिवालयका एक नेताका अनुसार प्रचण्डलाई नै नेतृत्व मानेर जाने सहमति भएको हो । ती नेताले भने, ‘अहिले प्रचण्ड जीलाई नै नेतृत्व मानेर जाने कुरामा बैठकमा सहमति भएको छ ।’

बाकी पावर सेरिङको विषयमा सबै पार्टीको निर्णय आएपछि बसेर छलफल हुने छ ।