संसद् बैठक स्थगित हुने

संसद् बैठक स्थगित हुने

काठमाडौं – पछिल्लो राजनीतिक घटनाक्रमले प्रतिनिधिसभाको आजका लागि पूर्वनिर्धारित बैठक स्थगित हुने भएको छ ।

संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको पूर्वनिर्धारित बैठक स्थगितका लागि मौखिक जानकारी आएकाले केही समयमा स्थगितबारे सूचना निकाल्ने बताइएको छ ।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि तय भएको थियो । आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले स‌सदलाई सम्बोधन गर्ने कार्यसूची रहेको थियो ।

त्यस्तै आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलको कार्यसूची समेत रहेको थियो ।