टाटा टिपर एक्सचेञ्ज क्याम्प आयोजना हुँदै

टाटा टिपर एक्सचेञ्ज क्याम्प आयोजना हुँदै

काठमाडौं– सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले कमर्सियल गाडीहरूलाई लक्षित गर्दै टाटा टिपर एक्सचेञ्ज क्याम्प आयोजना गर्न लागेको छ ।

एक्सचेञ्ज क्याम्पमा जुनसुकै ब्राण्डका टिपरसंग टाटा एस.के. १६१३ र टाटा एल.पि.के. २५२३ टिपर साट्न सकिने कम्पनीले जनाएको छ ।  ।  उक्त कार्यक्रम फागुन २२ र २३ गते धादिङ स्थित सिप्रदी सर्भिस सेन्टर धार्केमा आयोजना हुन लागेको हो ।

कम्पनीका अनुसार टाटा एस.के. १६१३ र एल.पि.के. २५२३ टिपर एक्सचेञ्ज गर्ने ग्राहकले आकर्षक एक्सचेञ्ज बोनस तथा अन्य उपहारहरू प्राप्त गर्न सक्नेछन् ।