राष्ट्रियसभाका नवनिर्वाचित सदस्यले लिए सपथ

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यले लिए सपथ

काठमाडौं–  राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले आज पद तथा गोपनीयताको सपथ लिएका छन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा संघीय संसद् सचिवालयद्वारा आज आयोजित समारोहमा सभाका उपाध्यक्ष उर्मिला अर्यालले उनीहरूलाई सपथ दिलाएकी थिइन् । 

सो अवसरमा उपाध्यक्ष अर्यालले नयाँ सदस्यहरूलाई सभाको प्रतीक चिन्ह लगाइदिइन् भने सचिवालयका कर्मचारीले अध्ययन सामग्री वितरण गरे। 

राष्ट्रियसभा सदस्यका १९ पदका लागि गत माघ ११ गते निर्वाचन भएको थियो । समारोहमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि उपस्थिति थियो ।