रविले फोन गरेर डीपीलाई भने, ‘मन्त्री बन्न तपाई तयार रहनुहोस्’

रविले फोन गरेर डीपीलाई भने, ‘मन्त्री बन्न तपाई तयार रहनुहोस्’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीबाट आज उपसभापति डोलप्रसाद अर्याल (डीपी)लाई सरकारमा पठाउने भएको छ । 

उनलाई सभापति रवि लामिछानेले बालुवाटारबाट फोन गरेर तयारी अवस्थामा बस्न भनेका छन् । 

अर्यालको सचिवालयले भन्यो, ‘मन्त्रालय आज फिक्स भएको छैन। उनलाई मात्र आज पठाउने भन्ने खबर आएको छ ।’ 

अर्याल रास्वपाको नेतृत्व गरेर भने सरकारमा जान लागेका हैनन् । उनलाई आज पठाएर केही दिनमा सभापतिको नेतृत्वमा अन्य मन्त्री जाने छन् । 

अर्याल निकट स्रोतका अनुसार उनलाई श्रम मन्त्रालय दिने सरकारको योजना छ ।