टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं– अन्तर्राष्ट्रिय त्रिकोणात्मक ट्वान्टी २० शृङ्खलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्धकोनेपालको प्लेइङ-११ मा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सोमपाल कामी, गुल्सन झा, करण केसी, दीपेन्द्र सिह ऐरी, प्रतिश जिसी, आरिफ शेख र अभिनाश बोहोरा छन् । फाइनल खेलमा नेपाले टस जितेको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिए । 

नेपाल नेदरल्याण्ड्ससँग घरेलु मैदानमा दोस्रो पटक त्रिकोणात्मक टी-२० आई शृङ्खलाको फाइनल खेल्न लागेको हो । यसअघि सन् २०२१ मा भएको फाइनल खेलमा नेपालले नेदरल्याण्ड्सलाई एक सय ४२ रनले हराउँदै प्रतियोगिताको उपाधि जितेको थियो ।

नेपाल लिग चरणमा चार अंकका दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो भने पाँच अंक जोडेको नेदरल्याण्ड्स शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । नामिबिया र नेदरल्यान्ड्सबीचको अन्तिम खेल वर्षाले रद्द भएको भएपछि दुबै टोलीले एक एक अंक बाँडेका थिए । 

लिग चरणमा नेपालले नेदरल्यान्ड्स र नामिबियासँगको सुरूवाती दुई खेलमा पराजित हुँदा पछिल्ला दुई खेलमा भने जित हात पारेको थियो ।