कांग्रेसले लियो समर्थन फिर्ता, प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने

कांग्रेसले लियो समर्थन फिर्ता, प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने भएको छ ।

सरकारको पूर्ववर्ती साझेदार नेपाली कांग्रेसले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने औपचारिक निर्णय गरेसँगै प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्ने भएको हो ।

सत्ता साझेदारले सरकारलाई दिएको समर्थन फिर्ता लिए प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

कांग्रेसले प्रतिपक्षमा बस्ने औपचारिक निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले खबरहबलाई जानकारी दिए ।