कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान

कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान

काठमाडौं– कर्णालीका प्रमुख तिलक परियारले प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरेका छन्। परियारले यही फागुन ३० गते दिउँसो ३ बजे बस्नेगरी प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन्।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा यही फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन बोलाउने निर्णय गरेको थियो। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सिफारिस भएबमोजिम परियारले मंगलबार अधिवेशन आह्वान गरेको हो ।