राजा र प्रजातन्त्र सँगसँगै रहनुपर्छ : कमल थापा

राजा र प्रजातन्त्र सँगसँगै रहनुपर्छ : कमल थापा

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजा र प्रजातन्त्र संग-सङ्गै रहनुपर्ने भन्दै आफूहरूले राजाको कुरा उठाएर निरङ्कुशता नखोजेको बताएका छन् ।

राजा सहितको प्रजातन्त्र आफ्नो पार्टीको सैद्धान्तिक अवधारणा रहेको चर्चा गर्दै थापाले हिन्दु राष्ट्रको विषयले पनि कोही आत्तिनु नपर्ने बताए ।

‘सबै धर्मलाई समान व्यवहार हुन्छ, धार्मिक आस्थाको आधारमा कसैलाई थिचोमिचो हुँदैन, हामिले पहिचानको कुरा उठाएका हौं ,सर्बधर्म समभाब हाम्रो अवधारणा हो’ थापाले भने । समग्र रुपमा भन्दा अहिलेको ब्यवस्था र प्रणाली असफल भएको भन्दै अहिलेको भ्रष्ट ब्यवस्था, भ्रष्ट शासक र  फोहरी राजनितीको अन्त्य आवश्यक भएको समेत थापाले औँल्याए। 

गठबन्धनको परिवर्तनले आशा होइन थप निराश बनाएको भन्दै जनतामा भरोसा टुटेको र मुलुकको अवस्था थप कमजोर हुँदै जाने समेत उहाँको कथन थियो। जसरी हुन्छ सत्ता र शक्तिको लागि गरिने राजनीतिले मुलुकलाई निकास दिन नसक्ने थापाको दाबी थियो ।