महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन पेस

महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन, २०७९-८० पेस भएको छ । सभाको आजको बैठकमा समितिका सभापति किरणकुमार साहले उक्त प्रतिवेदन पेस गरे।

त्यसअघि बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । 

प्रतिनिधिसभाको अर्को बैठक यही फागुन ३० गते बिहान ११ बजे बस्नेछ ।