एमालेको सचिवालय बैठक बस्दै

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक आज बिहान बस्ने भएको छ ।

नयाँ गठबन्धन बनेर पार्टी सरकारमा गएपछि त्यसको समीक्षा तथा आगामी कार्ययोजना बनाउन अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक आह्वान गरेका हुन् ।

पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्नका लागि सचिवालय बैठक बोलाइएको पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।

बैठकमा पछिल्लो गठबन्धन, सरकारमा सहभागितासहितका विभिन्न जिम्मेवारी तथा यसअघि केन्द्रीय कमिटी बैठकमा प्रवेश भएका विषय छलफल हुने मुख्य एजेण्डा रहेको उपाध्यक्ष शाक्यले बताइन् ।