राष्ट्रियसभा अध्यक्षको निर्वाचन तालिका प्रकाशित

राष्ट्रियसभा अध्यक्षको निर्वाचन तालिका प्रकाशित

काठमाडौं – राष्ट्रियसभा अध्यक्षको निर्वाचन तालिका प्रकाशित भएको छ । संघीय संसद् सचिवालयले फागुन २९ गतेका लागि तय गरिएको निर्वाचनको तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार भोलि ११ बजेदेखि १ बजे सम्म उमेदवारी दर्ताको समय तोकिएको छ । यस्तै, साढे १ बजे उमेदवारको नामावली प्रकाशित हुने तालिका छ ।

मंगलबार बिहान ११ बजेर ९ मिनेटमा बस्ने राष्ट्रियसभाको बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढ्ने संसद सचिवालयले जनाएको छ ।