श्रम र महिला समितिको बैठक बस्दै

श्रम र महिला समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदका दुई समितिको बैठक आज बस्दैछ । आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र महिला तथा सामाजिक समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा सुर्ती, खैनी तथा गुट्खा उद्योगको पुँजी तथा क्षमता वृद्धिको स्वीकृति सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, महिला तथा सामाजिक समितिको बैठक मध्याह्न १२ बजे बस्दैछ । आजको बैठकमा बालसुधार गृहहरूको व्यवस्थापन र सुधारसँग सम्बन्धित विषयमा विभिन्न मन्त्रालयहरूले गरिरहेका काम कारबाहीका बारेमा छलफल गर्ने जनाइएको छ ।