नारायण दाहाल राष्ट्रियसभाको गरिमा उच्च बनाउने मान्छे हो : देवेन्द्र दाहाल

नारायण दाहाल राष्ट्रियसभाको गरिमा उच्च बनाउने मान्छे हो : देवेन्द्र दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्षका उम्मेदवार नारायण दाहाललाई मत हाल्न सांसद देवेन्द्र दाहालले अनुरोध गरेका छन् । 

समर्थक दाहालले नारायण दाहालले राष्ट्रियसभाको गरिमा उच्च बनाउने र व्यापक भूमिका खेल्ने भएकाले उनलाई मत हाल्न समर्थन गरे । 

उनले भने, ‘हामीले धेरै कामहरू राष्ट्रियसभाबाट गर्नु छ । यसको लिड नारायण दाहालले गर्न सक्नु हुन्छ । प्रतिपक्षी कांग्रेसले पनि साथ दिनुहुन्छ भन्ने लागेको छ ।’ 

एमालेका सांसद रहेका उनले दाहाललाई समर्थन गरियोस् भन्ने प्रस्ताव समेत पढेर सुनाए । 

उनको प्रस्तावकमा गोपी आछामी रहेका छन् । दाहाललाई नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले सहयोग गरेको छ ।