ओलीको प्रश्न : पोहोर विश्वासको मत दिने कांग्रेस अहिले किन बटारिएको ?

ओलीको प्रश्न : पोहोर विश्वासको मत दिने कांग्रेस अहिले किन बटारिएको ?

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले पोहोर समर्थन गर्न हुने अहिले किन नहुने भनेर प्रतिनिधि सभाबाट कांग्रेसलाई प्रश्न गरेका छन् । 

एमाले अध्यक्ष ओलीले अघिल्लो पटक आफूले प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गरेर प्रधानमन्त्री बनाउँदा नेपाली कांग्रेस नयाँ ब्याट्री हालेजस्ता भएर हौसिए पनि अहिले किन बटारिएको भन्दै प्रश्न गरेका छन् ।  

बुधबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले पोहोर विश्वासको मत दिने कांग्रेस अहिले किन बटारिएको भनेर प्रश्न गरेका हुन् । 

‘पोहोर समर्थन गर्न हुने अहिले किन नगर्ने रु मान्छे उही, पोहोर पनि कांग्रेस सरकारमा थिएन । भित्रभित्र के थियो थाहा थिएन’, ओलीले भने, ‘ अहिले के भो त्यस्तो फेरि ठ्याक्कै टर्न आउट ?