गृहमन्त्री लामिछानेमाथि प्रश्न उठाउँदै कांग्रेसबाट प्रधानमन्त्रीसँग जवाफ माग

गृहमन्त्री लामिछानेमाथि प्रश्न उठाउँदै कांग्रेसबाट प्रधानमन्त्रीसँग जवाफ माग

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी विवादमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नैतिकतामाथि प्रश्न उठाएको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेस सांसद बद्री पाण्डेले ठगी आरोप लागेका र अनुसन्धानको दायरामा तानिएका लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै लामिछानेको नैतिकतामाथि नै प्रश्न उठाएका हुन् ।

साथै संसदमा उठेका र ठगी आरोपमा उजुरी परेका लामिछानेलाई स्वार्थ बाझिने गरी गृहमन्त्री बनाइएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा जवाफ दिनुपर्ने उनको माग छ ।  प्रधानमन्त्रीले जवाफ नदिए कठोर रूपमा प्रस्तुत हुन बाध्य हुने चेतावनी दिए ।

उनले गृहमन्त्रीको जिम्मेवारी अनुसन्धानको दायरामा रहेका सदस्यलाई सुम्पेपछि प्रधानमन्त्रीप्रतिको झिनो आशा धुजा धुजा भएको बताए ।