घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख २४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख २५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी तोलाको १५१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिहीबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।