सप्तरीमा आगलागीबाट ३० लाख बराबरको क्षति

सप्तरीमा आगलागीबाट ३० लाख बराबरको क्षति

राजविराज– सप्तरीको राजविराजस्थित रुपनी रोडमा रहेको कृष्णा लेडिज एन्ड जेन्स टेलर्समा आज भएको आगलागीबाट क्षति भएको छ  । 

आगलागीबाट उक्त टेलर्समा रहेका १९ वटा कपडा सिउने मेसिन, चारवटा विद्युतीय मेसिन र ग्राहकले सिउन दिएका  कपडासहित ३० लाख बराबरको क्षति भएको टेलर्स सञ्चालक रोहितकुमार साहले जानकारी दिए। आगलागीको कारणबारे कुनै जानकारी प्राप्त भएको छैन । 

स्थानीयवासी, प्रहरी र राजविराजबाट आएका बारुणयन्त्रको सहयोगमा आगो निभाइएको थियो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  ।