४.० म्याग्निच्युडको भूकम्प : रसुवाको जुरेढुङ्गा केन्द्रबिन्दु

४.० म्याग्निच्युडको भूकम्प : रसुवाको जुरेढुङ्गा केन्द्रबिन्दु

काठमाडौँ– रसुवाको जुरेढुङ्गा केन्द्रबिन्दु भएर भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ बजेर ४४ मिनेटमा रसुवाको जुरेढुङ्गा आसपास केन्द्रबिन्दु भएर ४.० म्याग्निच्युडको भूकम्प भएको हो ।

यसअघि फागुन २८ गते बाजुरा जिल्लाको जुगाडा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

नेपालमा पछिल्लो समय कम शक्तिशाली भूकम्प जाने क्रम जारी रहेको छ । नेपालमा अधिक हिमाली क्षेत्र भएकाले सधैँ भूकम्पीय जोखिममा रहेको भूकम्पविदहरू बताउँछन् ।