सांसद मञ्जुको निधन भएपछि प्रतिनिधिसभा बैठक स्थगित

सांसद मञ्जुको निधन भएपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं– जनता समाजवादी पार्टी जसपाकी सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव पढेर सुनाएका थिए।

अर्को बैठक चैत्र ५ गते सोमबार बिहान ११ बजे बस्ने बताइएको छ ।