नर्सिङ लाइसेन्स परीक्षाको नतिजामा ७० प्रतिशत उत्तीर्ण

नर्सिङ लाइसेन्स परीक्षाको नतिजामा ७० प्रतिशत उत्तीर्ण

काठमाडौं– नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको पीसीएल र बीएस्सी नर्सिङ तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षामा कुल ७० प्रतिशत उत्तीर्ण भएका छन् ।

जसमा पीसीएलतर्फ परीक्षामा सहभागी भएका ४ हजार ५६७ जनामध्ये ३ हजार २५५ जना (७१.२७ प्रतिशत) उत्तीर्ण भएका छन् । यता,बीएस्सी नर्सिङ तर्फ ४४५ सहभागी भएकोमा २६८ जना अर्थात ६०.२२ प्रतिशत उत्तीर्ण भएका छन् ।

यी दुबै तहको कुल उत्तीर्ण प्रतिशत एकीकृत गर्दा भने ७०.२९ रहेको हो ।