हजुरबुवा र नाती हत्यामा संलग्न दुई जना पक्राउ

हजुरबुवा र नाती हत्यामा संलग्न दुई जना पक्राउ

परासी - पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा हजुरबुवा नातिको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । सुस्ता गाउँपालिकाको वडा नं. ३ मर्चहवा हजुरबुवा नातिको धारिलो हतियार प्रयोग गरी हत्या गरेको आइतबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो  ।

यो घटना  २०८० फागुन १ गते सुस्ता गाउँपालिकाको वडा नं. ३ स्थित नारायणी नदीको ठोक्कर नं ५ छेउमा ६५ वर्षीय यक्षलाल चमार र चामरका नाति ११ वर्षीय गौचरण चमार उनीहरू बस्दै घर नजिकै छाप्रो छाएको सोही छाप्रो बाहिर मृत अवस्थामा  फेला परेका थिए ।उनीहरुको हत्या संलग्नमा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी एव सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

पक्राउ पर्नेमा सुस्ता गाउँपालिकाको वडा नं. ३ मर्चहवा बस्ने २९ वर्षीय अजय धरिकार र सोही स्थान बस्ने २० वर्षीय चन्दन हरिजन रहेको डिएसपी बोहराले बताए । उनीहरू दुबै जनालाई ज्यानसम्बन्धी कसूर मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानएको छ । घटना कसरी भयो –२०८० माघ २६ गते चन्दन हरिजन र सुस्ता गाउँपालिका वडा ३ मर्चहवा बस्ने छिमेकी गाउँलेसँग भएको झगडा ईप्रका बेलाटारीमा उजुरी परी २८ छलफल पश्चात् मिलापत्र भएको र सो झगडाको रिसईबी साँध्न चन्दन हरिजनहले निजको मिल्खने साथी अजय कुमार धरिकारसंग मिली निवेदन बिपक्षीसंग लिने योजना बनाई सोही दिन २८ गते भारत तर्फ त्रिबेणीमेलाको गई भारु तीन सय रुपैयाँमा धारिलो हतियार चक्कु किनी ल्याएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ ।

त्यसको भोलीपल्ट माघ २९ गते बेलुका अक्षयलाल चमारको घरसगैको बालुवा गिट्टी स्टक झुप्रोमा गई विपक्षी कुरेर बसेको र अबेरसम्म उक्त व्यक्ती फेला नपरेपछि नजिकैको घरमा बस्ने अक्षय लाल चमारको हत्या गरेमा विपक्षी उपर शंका भई प्रहरी अनुसन्धान हुनेसक्ने र आफ्नो बदलाको भवाना समेत पुरा हुने गरी घटना घटाएको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक काजीकुमार अचार्यले बताए ।

अक्षयलाल चमारको हत्या गरेपश्चात् सँगै सुतेको नाती गौचरण चमारले देखेका र निज आफूहरूलाई चिन्नेको डरले नाति उपर हतियार प्रहार गरी हत्या गरिएको र घटनाको समयममा प्रतिवादी चन्दन हरिजनले लगाएको कालो हाफ पन्जा मध्ये बायाँ पन्जा घटनाथलमै छुटेको थियो । सोही पन्जाको आधारमा प्रहरीले सूक्ष्म तरिकाले अनुसन्धान गदै जाँदा अपराधी पत्ता लगाइएको र घटनामा प्रयोग भएको चक्कु अजय धरिकारले सुतेको  कोठा रहेको टिनको बाकसभित्र लुकाइराखेको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ ।

अक्षयलाल हरिजन र नाति गौचरण हरिजनको हत्या भएको  थाहा पाउन साथ घटस्थालमा जिल्ला प्रहरी नवलपरासीका प्रहरी उपरीक्षक काजीकुमार आचार्यको सहितको टोली पुगी तालिम प्राप्त कुकुर परिचालन गरी थप अनुसन्धान गरेको थियो  ।