भारतको चुनावका कारण माओवादीको हुलाकी राजमार्ग अभियान स्थगित

भारतको चुनावका कारण माओवादीको हुलाकी राजमार्ग अभियान स्थगित

काठमाडौं– सत्तारुढ नेकपा माओवादी केन्द्रले चैतको दोस्रो साता सम्म सञ्चालन गर्ने भनिएको मधेस जागरण अभियान स्थगित गरेको छ । भारतमा लोकसभाको चुनाव आउन लागेका कारण माओवादीले मधेस जागरण अभियान हाललाई स्थगित गरेको हो ।

माओवादी केन्द्रले चैत १ देखि १५ गतेसम्म मधेस जागरण कार्यक्रम गर्ने घोषणा गरेको थियो । यसक्रममा हुलाकी राजमार्गमा केन्द्रित रहेर अभियान चलाइने उसले बताएको थियो ।

मंगलबार बसेको माओवादीको केन्द्रीय पदाधिकारी बैठकले हाललाई यो अभियान स्थगित गर्ने निर्णय गएको एक पदाधिकारीले खबरहबलाई बताए । उनका अनुसार भारतमा लोकसभा चुनाव हुन लागेकाले यो अभियान स्थगन गरिएको हो ।

भारतमा आगामी बैशाख ७ गतेदेखि लोकसभाको चुनाव हुँदैछ ।