पश्चिम नवलपरासीमा बजार अनुगमन

पश्चिम नवलपरासीमा बजार अनुगमन

परासी - पश्चिम नवलपरासीमा बजार अनुगमन गरिएको छ । बजारमा व्यापक कालो बजारी र उपभोक्ता ठगी भएको जनगुनासो आएपछि संयुक्त जिल्ला बजार अनुगमन समितिले बजार अनुगमन गरेको हो ।

अनुगमन समितिले सुनवल नगरपालिकाको वडा १२ स्थित भुमहिमा रहेको बजारहरूमा अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी कृष्ण काफ्लेले जानकारी दिए ।उनको अनुसार अनुगमनको क्रममा अधिकांश पसल र मिष्ठान्न भण्डारमा मूल्यसुची नराखेको पाएईकाे बताए । व्यवसायमा निराशाजनक स्थितमा देखिएको काफ्लेले बताए । अनुगमनको क्रममा म्याद गुज्रिएको खाद्य पदार्थ  पेय पदार्थ म्याद गुज्रिएको भेटिएको सूचना अधिकारी  काफ्लेले बताए ।

पेय पदार्थ  ४० लिटर अन्य प्याकेजिडग खाद्य पदार्थ म्याद गुज्रिएको पाइएको उक्त खाद्य पदार्थ र पेय पदार्थ नियन्त्रणमा लिई नष्ट गरिएको  जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा राजकुमार यादवले जानकारी दिए

किराना पसल बेकरी, हाेटल मिष्ठान्न भण्डार गरी १२ वटा पसल अनुगमन गरिएको संयुक्त जिल्ला बजार अनुगमन समितिले जनाएको छ ।अनुगमन टोलीमा  घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी कृष्ण काफ्ले, जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा राजकुमार यादव,जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक ठाकुर प्रसाद श्रेष्ठ ,पत्रकार लगायत सहभागिता रहेको थियो ।