संघीय संसदका ५ वटा समितिको बैठक बस्दै

संघीय संसदका ५ वटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदका विभिन्न ५ वटा समितिको बैठक आज बस्दैछन् । आज अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समिति, कानून, न्याय तथा मानवअधिकार समिति, महिला तथा सामाजिक मामिला समिति, र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।

जस अन्तर्गत कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्दैछ ।

बैठकमा नेपालको बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारहरूमा रहेका कैदी एवं थुनुवाहरुको मानवअधिकारको अवस्थाको स्वागत अध्ययन भ्रमण  सम्बन्ध तथ केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान साढे १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रतिनिधिसभाकी समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यक्रम छ ।

यस्तै बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिको कार्यक्षेत्र र कार्ययोजनाको बारेमा छलफल हुनेछ ।

यता, अर्थ समितिको बैठक पनि बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा आर्थिक वर्ष २०८१–०८२ का लागि विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त (कर प्रस्ताव बाहेक) सम्बन्धमा अर्थमन्त्रीसँग छलफल गर्नुका साथै कार्ययोजना उपसमितिको प्रतिवेदन प्रस्तुत हुनेछ ।

यसैगरी बिहान साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उदयपुर र हेटौँडा सिमेन्ट उद्योगका सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट समितिमा प्राप्त प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।