मस्कोमा आतङ्कवादी हमलामा मारिएका नागरिकको निधनप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त
![मस्कोमा आतङ्कवादी हमलामा मारिएका नागरिकको निधनप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त](https://snowberry.prixacdn.net/media/gallery_folder/pararastra-mantralya_nxctXKF6Ac_49bdkuljrfsfjqncrxpnxgqjso6bplqghelfjjf0er5qzeomgnpwnrpklfin_53MiDCN2gy_ei...h8kyzbgjr4rrcdrhfob9ovrfifmru9gio6vu1nihxwbqqzruyg_2zSvkvWHy8_hqglijizaxwlc17hgvmdyarvhj5sjokktd9zywo8rokpq4y9nm4ojfcfw7ko_Wzv3LZWU6h_g5zuevxxinntu5poxndvhge2h2ejiebszfro1jmoad6kgy5xgguyj2okdwna_7pNtxzGMsm_aatcylbxnsiz9eygvegfuf98w4twfpylbcejrslwdisvxczwkslr93cop78r.jpg)
काठमाडौँ - नेपाल सरकारले रुसको राजधानी मस्कोमा शुक्रबार साङ्गीतिक कार्यक्रममा आतङ्कवादी हमलामा निर्दाेष नागरिकले ज्यान गुमाएको तथा घाइते भएको खबरले स्तब्ध भएको जनाएको छ ।
परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्तिमार्फत रुसका जनता र सरकारका साथै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको छ । “नेपाल सरकार आफ्नो सैद्धान्तिक अडानअनुसार सबै प्रकारका आतङ्कवादको निन्दा र भत्र्सना गर्दछ, आतङ्कवाद जहाँ र जहिलेसुकै भए पनि त्यसलाई दृढतापूर्वक तथा दृढताका साथ सामना गर्नुपर्ने धारणा राख्छ,” विज्ञप्तिमा उल्लेख छ ।
नेपाल सरकारले मस्कोमा आतङ्कवादी हमलामा घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उक्त जघन्य कार्यमा संलग्न दोषीलाई चाँडोभन्दा चाँडो कानुनी कठघरामा ल्याउनुपर्ने विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।
प्रतिक्रिया