शंकरदेव क्याम्पस छेउमा रहेको 32 क्याफेमा १९९ रुपैयाँमा थकाली खाना पाइने

शंकरदेव क्याम्पस छेउमा रहेको 32 क्याफेमा १९९ रुपैयाँमा  थकाली खाना पाइने

काठमाडौं - शंकरदेव क्याम्पस छेउमा रहेको 32 क्याफेमा अबदेखि थकाली खाना पाइने भएको छ ।

नेपाली राष्ट्रिय फुटबल टिमका चर्चित खेलाडी रोहित चन्द ब्रान्ड एम्बेसडर रहेको 32 क्याफे पुतलीसडकको आकर्षक खाजा नास्ता पाइने ठाँउको रूपमा परिचीत छ ।

उक्त क्याफेले मेनुमा थकाली खाना पनि थपेको छ । भेज थकाली खना १९९ रुपैयाँ , चिकेन २९९ रुपैया र मटन ३९९ रुपैयाँ रहेको छ । 

थकाली खना निश्चित समयमा पाइने क्याफेले बताएको छ । पुतलीसडक आसपास सहजै थकाली खाना पाउने ठाँउ कम भएका कारण ग्रहाकको माग अनुसार उक्त सुविधा थपिएको क्याफेले बताएको छ ।