कर्णालीमा यामलाल कंडेल मुख्यमन्त्री बन्दै

कर्णालीमा यामलाल कंडेल मुख्यमन्त्री बन्दै

सुर्खेत - कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता यामलाल कंडेल पक्का भएको छ ।

सत्ता गठबन्धनले भागबन्डा टुंगो लगाएको छ जसमा एमालेले कोशी, गण्डकी र कर्णालीमा सरकारको नेतृत्व गर्दै छ माओवादी केन्द्रले  बागमती र लुम्बिनी सरकार नेतृत्व गर्ने छ भने जसपाले मधेश प्रदेशमा भाग पाएको छ ।

४० सदस्यीय प्रदेशसभा भएको कर्णालीमा माओवादी संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री छन् । एमाले–माओवादी गठबन्धनसँग सहज बहुमत छ । माओवादीसँग १३ र एमालेसँग १० सांसद छन् । माओवादीले शर्मालाई निरन्तरता दिन चाहे पनि यो पटक एमालेले लिने सहमति भएको छ ।