बाबुरामलाई इलाम -२ मा उम्मेदवार बनाउन रास्वपाको दौडधुप

बाबुरामलाई इलाम -२ मा उम्मेदवार बनाउन रास्वपाको दौडधुप

काठमाडौं - पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई इलाम-२ को उप निर्वाचनमा उम्मेदवार बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीले छलफल चलाएको छ ।

बाबुराम भट्टराईले पनि हिमालयन टेलिभिजनमा दिएको हालसालैको अन्तर्वार्तामा त्यसको संकेत गरेका छन् । उनले २०८४ को आम निर्वाचनमा बालेन र रवि सङ मिलेर जाने कुरा बताएका छन् ।

इलाम -२ मा हुने उप निर्वाचनमा उम्मेदवार भए नेपाली काङ्ग्रेसले समेत बाबुराम भट्टराईलाई साथ हुनसक्ने उनका पार्टीका एक नेताले दावी गरेका छन् । 

रास्वपाले एमाले नेता सुबास नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउन खोजेपनी असफल भएको छ । सुहाङलाई एमालेले उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । 

इलाम -२ को उपनिर्वाचनमा जित हासिल गर्न दलहरू बलियो उम्मेदवारको खोजीमा छन् ।