धनगढीबाट लागूऔषधसहित एक जना पक्राउ

धनगढीबाट लागूऔषधसहित एक जना पक्राउ

धनगढी– कैलालीको धनगढीबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–१० का २२ वर्षीय तेजबहादुर बोहरा लागुऔषधसहित पक्राउ परेका हुन्।

धनगढी उपमहानगरपालिका–३ बाट उनी ५० मिलिग्राम ब्राउनसुगर र ९६ क्याप्सुल प्रिगाबा र १० क्याप्सुल एभिनसहित पक्राउ परेका छन्। 

प्रहरी चौकी, त्रिनगरको टोलीले बोहरालाई पक्राउ गरेको हो। घटनाको विषयमा थप अनुसन्धान जारी रहेको छ।