गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगीको मुद्दा छैन : महानिरीक्षक कुँवर

गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगीको मुद्दा छैन : महानिरीक्षक कुँवर

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीको मुद्दा  नभएको बताएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको उत्तर दिने क्रममा महानिरीक्षक कुँवरले प्रहरीमा गृहमन्त्रीविरुद्धको मुद्दा नरहेको बताए ।

यसअघि नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले गृहमन्त्री लामिछाने सहकारी ठगिको मुद्दामा मुछिएकाले राजीनामा दिएर छानबीनमा सहयोग गर्न सुझाव दिएका थिए ।