आज प्रधानमन्त्री प्रचण्ड हेटौँडा जाँदै

आज प्रधानमन्त्री प्रचण्ड हेटौँडा जाँदै

काठमाडौँं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार हेटौँडा जाने भएका छन्।

नेपाल निर्माण व्यवसायी महासंघको २५औं साधारणसभाको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड हेटौँडा जान लागेका हुन् ।

महासंघको साधारणसभा दुई दिनसम्म चल्नेछ।  साधारणसभामा देशभरबाट ११ सय प्रतिनिधि र ५ सय जना पर्यवेक्षक सहभागी हुने जनाएको बताइएको छ।