शिवालय गाउँपालिकालाई तत्काल संकटग्रस्त क्षेत्रमा समावेश गरियोस् - शाह

शिवालय गाउँपालिकालाई तत्काल संकटग्रस्त क्षेत्रमा समावेश गरियोस् - शाह

सुर्खेत - कर्णाली प्रदेशसभा सदस्य राजीव बिक्रम शाहले संघीय सरकारले चैत ५ गते भुकम्प बाट प्रभावित संकटग्रस्त क्षेत्र प्रकाशनको विषयमा आपत्ति जनाएका छन् । 

कर्णाली प्रदेशसभामा शाहले शिवालय गाउँपालिकालाई अन्याय भएको बताएका छन् । उनले प्रदेशसभा मार्फत दुबै सरकारको ध्यानाकर्षण गराएका छन् । शिवालयलाई तत्काल संकटग्रस्र क्षेत्रमा समाबेश गर्न आग्रह गरेका छन् ।

शाहले संघीय सरकारले प्रकाशन गरेको राजपत्रमा भुकम्प गएको मिति समेत गल्ती भएको बताएका छन् । भुकम्प असोज १७ नभएर कार्तिक १७ मा जाजरकोटको बारेकोट केन्द्र भएर गएको थियो । 

नेता शाह भुकम्प गएको केही घण्टामा प्रधानमन्त्री सङै  जाजरकोट पुगेर राहत उद्वारमा खटिएका थिए । 

शिवालयलाई संकटग्रस्त क्षेत्रमा समाबेश गरेको खण्डमा मात्र पुनर्निर्माणले तिब्रता पाउने शाहको दाबी छ ।