बालुवाटारमा सत्ता गठबन्धनको बैठक

बालुवाटारमा सत्ता गठबन्धनको बैठक

काठमाडौं– सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव पनि सहभागी छन् ।

आज बिहान बसेको संवैधानिक परिषद्को बैठक सकिए लगत्तै सत्ता गठबन्धनको बैठक बसेको हो । संवैधानिक परिषदको बैठकले महालेखा परीक्षकमा तोयनाथ रायालाई सिफारिस गर्ने निर्णय गरेको थियो ।