अपराध नियन्त्रण गर्छु भन्नेहरू नै अपराधमा संलग्न भए : सांसद विक

काठमाडौं – नेपाली कांग्रेसकी सांसद शान्ति विकले एउटा मूर्ख नेताले देश नै डुबाउने अवस्था आएको बताएकी छन् ।
आज प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भनिन, ‘हजार जनता मूर्ख भएर देशलाई खास असर गर्दैन । तर, एक नेता मूर्ख भए देश डुबाउँछ । अब्राहम लिङ्कनको यो भनाइ वर्तमान अवस्थामा नेपालको नेतृत्वको चरित्रसँग मेल खाएको छ ।’
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेप्रति इंकित गर्दै उनले कानुनले तोकेको सबै अपराध नियन्त्रण गर्छु भन्नेहरू नै अपराधमा संलग्न हुँदा जनताको जनजीवनसँग सम्बन्धित मुद्दा सबै ओझेलमा परेको तर्क गरिन ।
प्रतिक्रिया