प्रदेश राजधानीमा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न

प्रदेश राजधानीमा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न

सुर्खेत - कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शनिबार सम्पन्न भएको छ ।

महोत्सवको उद्वघाटन कर्णाली प्रदेश प्रमुख तिलक परियारले गरेका थिए । परियारले गला र कला मार्फत प्रदेशको पहिचानलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा अगाडी बढाउन सकिने बताएका थिए ।

महोत्सवमा प्रतिनिधिसभा सदस्य सोबिता गौतमको समेत उपस्थिति रहेको थियो । सांसद गौतमले कर्णालीको प्राकृतिक सौन्दर्यता विश्वकै लोभलाग्दो भएको बताएकी थिइन् । उनले चलचित्र निर्माण तथा ल ऐन बनाउन आफूले संसदमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । 

महोत्सवमा चलचित्र बिकासका लागि जनप्रतिनिधि र बिज्ञको भुमिका विषयमा समुहगत छलफल भएको थियो । छलफलमा संघीय सांसद, कर्णाली प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुखले चलचित्र बिकासलाई प्राथमिकता राखेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । 

कर्णाली प्रदेश सभा सदस्य राजीव बिक्रम शाहले कर्णालीलाई हर हिसाबले अगाडि बढाउनुपर्ने बताएका थिए । उनले चलचित्रको बिकासलाई प्राथमिकतामा राखेर जाने प्रतिबद्धता गरेका छन् ।

वीरेन्द्रनगर नगरपालिकाको मेयर मोहनमाय ढकालले भरपुर चलचित्रको बिकास गर्न लाग्ने प्रतिबद्धता जनाएकी छिन् ।

छलफलमा प्रदेश लोकसेवा आयोग सदस्य बसन्ती शाही , निर्देशक तथा निर्माता आकाश आधिकारी र डा.नवराज के.सी समेत सहभागी थिए ।

महोत्सवमा कर्णाली क्षेत्रबाट नेपाली कला बाद्दबादन नृत्य कलालाई प्रबद्र्धन गर्न योगदान दिएका प्रेमदेव गिरी र कुलमान नेपालीलाई सम्मान गरिएको थियो भने सुर्खेतमा बसेर चलचित्र निर्माण हल संचालन गरेका डाक्टरसिंह गुरुङ्गलाई समेत सम्मान गरिएको थियो । 

 

फाल्गुन महिनामा   ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने उद्देश्यका साथ काठमाडौंमा महोत्सव शुभारम्भ भएको थियो । 

 

गुराँसमा सम्बाद 

आयोजकले आज आइतबार दैलेखको गुराँस गाउँपालिकामा चलचित्र र पर्यटन विषयमा गुराँस सम्बाद गरेको छ । 

गुराँस गाउँपालिका–८ र ६ तथा वीरेन्द्रनगर नगरपालिका–१६ को सिमाना भ्यूचुलामा आयोजित गुराँस संवाद तथा चलचित्र पर्यटन अन्तर्क्रिरयामा अभिनेता केसीले गुराँसको प्राकृतिक हिसावले मनोरम वातावरण नै चलचित्र क्षेत्रको लागि महत्त्वपूर्ण हुने बताएका छन् ।

गाउँपालिका  अध्यक्ष टोपेन्द्र बि.सीले गुराँसमा चलचित्र निर्माण गर्न आह्वान गरेका छन् । उनले गुराँसमा चलचित्र निर्माण गर्न आए सबै हिसाबले सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । 

गाउँपालिका अध्यक्ष टोप बहादुर बि.सी, चलचित्र बिकास बोर्ड अध्यक्ष भुवन के.सी, साहित्यकार तथा शैक्षिक अगुवा डा.महेन्द्र कुमार मल्ल , वडा अध्यक्ष दिपेन्द्र वली लगाए युवाहरु र स्थानीय सङ कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजकले सम्बाद तथा छलफल गरिएको छ ।